अगस्ट १ तारीखबाट पाइने हङकङ डलर ५,००० को सपिङ भौचरबारे जानकारी
१९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
कोभिड महामारीले जर्जर बनाएको स्थानीय अर्थतन्त्रलाई केहि हदसम्म भए पनि तंग्रयाउन हङकङ सरकारले यस वर्षको आर्थिक वर्षमा हङकङका प्रत्येक स्थाइ वासिन्दालाई हङकङ डलर ५,००० हजार बराबरको किनमेल भौचर दिने भनेको थियो । यस विषयमा थप जानकारी दिन हङकङका अर्थ मन्त्री पल च्यानले जुन १८ तारिख शुक्रबार दिउँसो ३ बजे एक पत्रकार भेला राखेका थिए ।
हङकङका स्थाइ वासिन्दा र नव ...









