विश्वको एक सक्रिय ज्वालामुखी : निरागोंगो, कंगो, अफ्रीका
क्रान्ति सुब्बा
२४ मे २०२१। कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोंगोमा मे २२ तारीख शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग...









