औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले औषधि र अक्सिजनको सहज आपूर्ति बनाउन, थप स्रोत–साधनयुक्त अस्पतालहरू सञ्चालनमा ल्याउनका साथै बिरामीको चापलाई ख्याल गरी तत्काल अस्पतालहरुमा जनशक्तिको आपूर्ति गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार यस्तो अन्तरिम ...









