ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी – ” हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ”
एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उदघोष गरेकी छन् ।
झलनाथ खनाल,माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’
उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी ...









