२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जन...









