पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना
भोजपुर — भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।
उक्त अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाह...









