संघीय शासन प्रणालीमा सुशासन, क्षमता विकास र लैङ्गिक समावेशीकरणको सशक्त आवाज पुष्प बस्नेत
व्यक्तित्व -
पुष्प बस्नेत नेपालमा सुशासन, क्षमता विकास, जनसङ्ख्या तथा प्रजनन स्वास्थ्य, र लैङ्गिक तथा सामाजिक समावेशीकरणका क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिँदै आउनु भएकाे एक अनुभवी तथा भरोसायोग्य विज्ञ हुनुहुन्छ । दुई दशकभन्दा बढी समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै उहाँले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ। हाल उहाँ क्ष...









