हङकङमा भ्याक्सिन लिनेको कुल संख्या १३०,५००, भ्याक्सिन लिएपछि ७ जना बिसन्चो
११ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा कोभिड-१९ भ्याक्सिन वितरण परियोजना फेब्रुअरी २६ तारीखबाट चालू छ। हिजो अर्थात मार्च १० तारीख बेलुकी ८ बजे उताको २४ घन्टा भित्र भ्याक्सिन सम्बन्धि गतिविधि के कस्तो रहयो हेरौं ।
१.करिब १०,९०० जनाले साइनोभ्याक भ्याक्सिनको पहिलो खुराक लिए। करिब ७,८०० मानिसले यो भ्याक्सिन ८ वटा विभिन्न कम्युनिटी भ्याक्सिन वितरण केन्द्रबाट लिएका हुन। करिब २,...









