यी हुन् प्रधानमन्त्रीले सर्वोच्चलाई पठाएका सात कारण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने सात वटा कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले माग गरेबमोजिम महान्यायाधिवक्ताको कार्यालयमार्फत हिजो आइतबार सात वटा बुँदामा आफ्नो लिखित जवाफ पेश गरेका हुन् ।
ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै यसको न्यायिक निरुपण आवश्यक नरहेको जिकिर गरेका छन् ।
वैकल्पिक सरकारको सम्भावनासम...









