लक्ष्मणको संगीतमा उदित नारायण र दिपा झाको गीत आउँदै

लक्ष्मणको संगीतमा उदित नारायण र दिपा झाको गीत आउँदै
काठमाडौं : लामो समयपछि प्रसिद्ध गायक उदित नारायण झा र दिपा झाको स्वरमा नेपाली गीतको रेकर्डिङ सम्पन्न भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको 'थाहा छैन आज भोलि खै के के हुन थाल्यो' बोलको गीत रेकर्ड भएको हो । चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ मुम्बै स्थित कृण्ण अडियो स्टुडियोमा साउन १९ गते रेकर्ड भएको संगीतकार पोखरेलले बताएका छन् । माया प्रेमको भाव समेटिएको ...

जन्मघर पुग्दाको क्षण

जन्मघर पुग्दाको क्षण
नरजित राई १८ अप्रिल २०२३। म करिब ४५ बर्ष पछि दोस्रो पटक खोटाङ जिल्लामा अवस्थित जन्मगाउँ कोक्रुवामा पुग्दै थिएँ। हामी टेम्के डाँडाको पदयात्रा पछि पान्धारेको एउटा होटलमा बास बसेका थियौं। हाम्रो गन्तव्य स्थान जन्मघर कोक्रुवा गाउँको रहेको थियो। मेरो मन, दिमाग जन्मघरको माटोलाई टेक्न आतुर थियोे। हामी तावा खोलाको उत्पत्ति स्थल र तावा भञ्ज्याङको सौन्दर्यतामा अघाउन्जेल रमाउदै, बिस्तारै पैदल यात्रा ग...

साँस्कृतिक पुनर्जागरण अभियान र काङसोरे-बाजहाङ लोकमार्ग

साँस्कृतिक पुनर्जागरण अभियान र काङसोरे-बाजहाङ लोकमार्ग
-मधुराज केरुङ १. साँस्कृतिक पुनर्जागरण अभियानको औपचारिक सुरुआत याक्थुङ समुदायमा साँस्कृतिक पुर्नजागरण अभियान (Cultural Renaissance Campaign ) को औपचारिक सुरुआत २०७७ देखि पान्थर जिल्लाबाट भएको हो । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश कार्य समिति, पान्थर जिल्ला कार्य समिति, याक्थुङ भाषा विकास संस्था ( लिल्डा ), याक्थुङ प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तीन दिनसम्म साँस्कृति...

साताको तीन कविता – कवि चन्द्र जीएम

साताको तीन कविता – कवि चन्द्र जीएम
रोल्पामा बसेर  कविता लेखीरहेका कवि चन्द्र जिएम पुर्व अध्यक्ष प्रलेस राेल्पा, मधुरमा युवा क्लव पुर्व उपाध्यक्ष,आदिवासी जनजाति महासंघ राेल्पा, पुर्व सचिव नेपाल मगर संघ राेल्पा र अथार मगरात मगर प्रतिष्ठानसँग आवद्व छन् । कवितामा  मानवीय संवेदना र प्रेमलाई सजीव रुपमा राख्न सफल उनका कविताहरु परिपक्व छन् । प्रस्तुत छ साताको तीन कविता । मेरो ठेगाना तिमी कहाँ छौ भनेर नसोध्नु मेरो ठेगान...

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज
कृष्ण कुमार हेम्ब्या (कुवाकुजा) साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ । आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफू...

ह्युम्यान ऱ्याडर

ह्युम्यान ऱ्याडर
[व्यङ्ग्य] -कृष्ण प्रधान,सिलिगुडी (भारत) केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ...को कस्तो छ...कसलाई  के भयो...को आयो,,,को गयो...इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन...

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा
क्रान्ति सुब्बा । हङकङ । सामरीटन बीफ्रेन्डर्स हङकङ नामको गैरसरकारी संस्थाले जुलाई २९ तारीख शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार  सन् २०२२ सालमा हङकङमा आत्महत्या गर्नेको संख्या १,०८०  रहेको छ। आत्महत्या गर्नेमा ६० प्रतिशत पुरुष रहेका छ्न।   सन २००७ साल यताको अर्थात १५ वर्षको अबधिमा आत्महत्याद्वारा मृत्युवरण गर्नेको संख्या र आत्महत्या दर दुबैको तथ्यांक यो वर्ष उच्च देखिएको छ ...

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा
इन्द्र लक्सम, हङकङ साम्याङफुङ समुह हङकङले साउने संक्रान्ति अर्थात सिसेक्पा तङनामको अवसरमा साम्याङफुङ साँझ मनाउँदै गर्दा यसको महत्त्वबारे केही कुरा व्यक्त गर्न चाहन्छु । साम्याङफुङ समूह हङकङले निरन्तर रुपमा २०१४ बाटसाम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ महामारी कारणले २०२० बाट यो कार्यक्रम स्थगित भएको थियोे । कोभिड महामारीको अन्त्य पछि  १६ जुलाई २०२३ मा प्रथम चोटि यो कार्यक्...

साताको तीन कविता – कवि विशाल नाल्बो

साताको तीन कविता – कवि विशाल नाल्बो
दार्जिलिङ/कालिम्पोङमा जन्मेका कवि विशाल नाल्बो  भारतीय नेपाली लेखकहरु माझ  एक सशक्त कवि हुन् । उनका कविताहरुले रैथाने अभिव्यक्ति दिनुको साथै आदिवासी सौन्दर्यलाई जीवन्तरुपमा उजागर गरेको हुन्छ । पेशाले साहित्यिक पत्रकारिता गर्दै आएका छन् । प्रस्तुत छ साताको तीन कविता । उ त लिम्बुको छोरा उठाएर घरको मुरूमसित्लाङ्मनाएर सिमेभूमेंलाईच्याब्रुङ्को लयमा गाएर हाक्पारेराखेर तुम्याहाङ् सामुन्...

ईश्वरको विनिर्माण

ईश्वरको विनिर्माण
रमेश केसी 'ओरिजिन' पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ। 'दी दा भिन्ची कोड' उपन्यास प्रकाशित उप्रान्त सर्वाधिक बिक्री हुने उपन्यासकार डान ब्राउन 'ओरिजिन' सम्म आइपुग्दा विचारहरूका उपन्यासकार बनेका छन् । दी न्युयोर्क टाइम्समा दुई महिनासम्म सर्वाधिक बिक्री भएको नम्बर एक पुस्तक 'ओरिजिन' भविष्यवादी उपन्यास हो। ल्याङ्डोन सिरिजको दोस्रो उपन्यास  `दी ...