नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस न्युयोर्कमा मनाइयो
न्यूयोर्क। फेब्रुअरी १९, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले “नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस” मनाएको छ। प्रथम सहिद लखन थापा मगरले नेपालको इतिहासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप यो स्मृति दिवस मनाएको हो ।
कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू, न्यूयोर्क राज्यका लागि नेपाल सर...









