काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो ।
आज बुधवार काठमाण्डाैमा आयोजित 'काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल' कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिन...









