हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश
हङकङमा गएको बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि त्यहाँको सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ । अहिले मर्मत र रंगरोगन चलिरहेका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको बीबीसीले जनाएको छ ।
अनुसन्धानले भवन वरिपरि प्रयोग गरिएको सुरक्षात्मक जाली आगो रोक्ने मापदण्डअनुसार नबनेको पत्ता लागेको दाबी गरिएको ...









