नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा स्वयंसेवकहरु सम्मानित
न्यूयोर्क,नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA)ले नोभेम्बर 15 तारिख एल्महर्स्ट अस्पतालको अडिटोरियममा फिप्ना भोलिन्टियर एप्रीसिएसन २०२५ (“FIPNA Volunteer Appreciation 2025” ) भव्य रुपमा सम्पन्न गर्यो। दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्याउने स्वयंसेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको अध...









