कथा- एक सन्की लेखकको प्रेम
कथाकार : विश्व कुइकेल
“मेरो लागि समस्या उसको मोटो शरिर होइन । न त उसका बाहिर निक्लिएका दाँत नै । उसको प्यान्टे भुँडी, उसको कालो अनुहार, भित्र गडेका आँखा यी कुनै पनि समस्या होइनन । उसको अडबाङ्गे कुरा गर्ने शैली वा बटारिएर हिँडने अनौठो हिँडाई पनि मेरो समस्या होइन । यी सबै कुराको बाबजुद पनि म उसलाई स्वीकार्न तयार छु । तर मलाई उसको एउटै कुरामा समस्या छ- ऊ हिँडेको बाटो र हिँडन चाहेको बाटो ।" उनले कुर...









