सरोगेट सान्नजी – कथाकार मुन्नु गौतम
कथा
न्यू माल जंक्शनको एकालासको प्लेटफार्ममा सिलगढ़ी पेसेन्जर रेलगाड़ी दलगाउँबाट आएर थामियो। म उत्रिएँ । साथमा उत्रिएको एक आदिवासी परिवार फटाफट हिँडेर यसरी स्टेशन नाघेर गए- मानौं एकैछिन त्यहाँ अड़िनु महापाप हो। धेरै परसम्म आँखा डुलाएर हेरिपठाएँ।
अहँ ! कोही छैन। प्लेटफार्मको चिया पसलमा सस्तो पाइने खास्ता बिस्कुटसित चिया पिउन आउने धरि एकै जना छैन। त्यही पसले भने अघिल्तिर समाचार पत्र फिजाँएर उघिरहेक...









