नर्मा अर्थात कुमारी आमा
कथा
त्यो रात जीवनकै पीडादायक रात थियो मेरा लागी । म र सरमान एउटै ओछ्यानमा दुई विपरीत दिशातर्फ फर्किएर सुतेका थियौँ । साइनोले ऊ अझैसम्म मेरो श्रीमान नै थियो । तर, मेरो अन्तरमनले अब उसलाई कदापी श्रीमान स्वीकार्न सम्भव थिएन । किनकि हाम्रो सम्बन्धको ऐना कहिल्यै नजोडिने गरी फुटिसकेको थियो ।
ऊ प्रतिको मेरो श्रद्धा र प्रेमको हिमाल अब पुनः नचुलिने गरी गर्ल्यामगुर्लुम्म ढलिसकेको थियो । म फुटेको ऐना नै सही...









