रमेश के.सी.

साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन ।

अर्थ र सारांश जस्ता प्रसिद्ध चलचित्रहरुका निर्देशक महेश भट्टकि छोरी हुनको सुविधा मात्र होइन कि वर्तमान बलिउडको सफल एवं चर्चित नायिका आलिया भट्टको दिदि हुनको लाभ उनलाई छ । स्क्रीप्ट  लेखकबाट पेशागत जीवन शुरु गर्दागर्दै यस मानसिक रोगबाट पीडित साहिन भट्टको किताब “आई ह्याभ नेभर वीन अनहेप्पीयर” ले एक सेलिब्रीटी परिवारकि सुविधा सम्पन्न नारीको नीजात्मक अनुभूतीलाई लिपीबद्ध गरेको छ । करिब १३ वर्षको उमेरदेखि डिप्रेसनबाट पीडित उनी अठार वर्ष पुग्दा मात्र यस रोगबाट पीडित भएको प्रमाण मिल्दछ ।

डिप्रेसन आधुनिक सभ्यताको उपज मानिएता पनि प्राचीनकालबाट मानव जीवनमा यस रोगको उपस्थिति देखिन्छ । मानसिक  रोग मुलत जैवरासायनिक  कारणले हुन्छ । तर सामाजिक, पारिवारिक र वातावरणीय प्रभाव पनि यसको कारण बन्दछ ।
बारम्बार  आत्महत्याको सोचबाट पीडित  साहिनले त्यस्तो गर्ने  प्रयत्न नगरेकी  पनि होइनन । यस आत्मकथामा उनि डिप्रेसनको इतिहास, चरित्र र कारणबारे  पनि चर्चा गर्छिन । एक्लोपन, खालीपन, निराश, चीन्ता र द्विवीधा जस्ता मानसिक अवस्थाबाट  कसरी गुज्रीनु परयो भन्ने विवरण दिन्छिन  ।

साहिन भट्ट जसले १७ वर्षको उमेरमा आत्महत्या गर्ने प्रयास गरेकी थिइन

साहिन भट्ट बाल्यकालबाटै अलि अमिल्दो  मानसीकताबाट पीडीत भएको कथा बुन्छिन । तर रोगसंग लडने साहस र जीवनलाई निरन्तरता दिने प्रण पनि उनमा रहेको देखिन्छ  । मानसिक  रोगबारे विभिन्न सामाग्रीहरुको सन्दर्भ दिई लेखिएको यो पुस्तकले विशेष गरेर डिप्रेसन पीडितको मस्तिष्क बुझ्न मद्धत गर्दछ ।

समाजमा अधिकांश मानिसहरु मानसिक रोगबारे कुरा गर्न र सुन्न चाहिदैनन तर साहिनले आफ्नो परिवारको परिवेश र रोगले उत्पन्न गरेको कठीन जीवनको बेलिबिस्तार  लगाएकी छिन । मानसिक रोग चर्चित  विषय मानिएता पनि यसलाई आफ्नो जीवनको अंङ्ग मानेर उनले आत्म स्वीकृति दिएकी छिन । उनी  मानसिक रोगी भएपनि एउटा सामान्य मानिसको जीवन जीएको दाबी  गर्छिन । तर एक शिक्षित नारी र व्यवसायिकरुपले सम्पन्न परिवारकी भएर उनले जुन पुस्तक लेख्न सफल भईन त्यो प्रशंसा योग्य भए पनि भारतमा मानसिक  रोगीहरुको कथा असंख्य र अनन्त छन ।

पिता महेश भट्टको साथमा साहिन

आर्थिक अभाव, समाजबाट तिरस्कार  र पारिवारिक  वेवास्ताबाट गुज्रेका अनेकौं कथाले भरिएको छ । यी मानसिक  रोगीहरुको जीवन मनोरोग साहित्यमा एउटा योगदान भएको यो पुस्तक एक सेलीब्रेटी परिवारको आत्मीय  कथा  हो ।
त्यस्तै अर्की  नायिक दिपीका पादुकोणको डिप्रेसनलाई पनि भारतीय सञ्चार माध्यमहरुमा चर्चा गरिएको थियो । सेलीब्रेटीको कथा मीडीयाले भने पनि असंख्य मानिसहरुको रोगको कथा भने भारत मै सुनिएको छैन।

उनी  आफ्नो रोगमाथिको  भावना अभिव्यक्त गर्न  र बौद्धिक विमर्श गर्न सक्षम छिन । यस पुस्तकबाट  साहिन जस्तै अनेकौं रोगीहरुको भावना सफासंग व्यक्त भएको छ भने रोगसँग लडेर बाँच्न चाहनेहरुलाई ऐक्यवद्धता जाहेर गरेको छ ।

पुस्तक : आई ह्याभ नेभर विन अनहेप्पीयर

लेखिका : साहिन भट्ट

पेज : १६३

मुल्य : ४०० ने.रु.

तपाईको प्रतिक्रिया