जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो
काठमाडौं — कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
टिजरमा हालैका वर्षमा पहिचान, जातीय समानता र स्वायत्तताको मागसहित उठेका जनजातीय आन्दोलनहरूलाई प्रतिविम्बित गरिएको छ। सिलाम साक्मा अंकित झण्डासहित देखाइएको दृश्यले फिल्मले उठाउने मुद्दाको गहि...