नेपाल आइडल विजेता करण र गङ्गाको स्वरमा ‘राधिका’
काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् । भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो । कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम...









