विजय हितानद्वारा रचित पर्यावरण गीत` शिशिर खेल्छ लुकामारी´ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून २०२२ का दिन सम्पन्न भएको भर्चुवल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो ।
गीतमा स्वर दिपा लामाको छ भने संगीत थिर थापा मगरले दिएका छन । एरेन्ज भने कुमार थापाको हो । म्युजिक भिडियोमा प्रमुख अभिनय उदियमान मोडेल सारा मगरको रहेको छ भने पुरुष मोडेलमा रचनाकार हितानको भुमिका छ ।

म्यूजिक भिडियोका निर्देशक विश्वजित थापा हुन । उनि हालै फिल्म एन्ड मिडिया बिषयमा केन्ट युनिभर्सिटीमा अध्यनरत छन । भिडियोको सम्पुर्ण छायाङकन युकेको सुन्दर सहर फोक्सटन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ र सामुन्द्रिक तटमा गरिएको हो ।

गीतको युट्यूब लिङक

हितानको यो दोस्रो पर्या गीत हो । यस अघि ‘संरक्षणका हातहरु’ शिर्षकको पर्या गीत बजारमा आइसकेको छ । हितान बातावरण संरक्षणकर्मी र पर्या साहित्य लेखनको निम्ति नेपाली साहित्यमा एक अग्रणी अभियानकर्ताको रुपमा परिचित छन ।

तपाईको प्रतिक्रिया