३ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना संक्रमित संख्या घट्दो अवस्थामा जादै गरेको देखिन्छ । आज थपिएका नयाँ ४१ केस अन्तर्गत १ आयातित र बाकी ४० स्थानीय परेकाछ्न। स्थानीय केसका २४ जनालाई पुरानो रोगीबाट कोरोना सरेको पुष्ठि भएकोछ भने बाँकी १६ जनालाई कसरी कोभिड लाग्यो स्रोत पहिल्याउन सकिएको अवस्था छैन। हङकङमा कुल कोरोना संक्रमित संख्या ८,९६५ पुगेकोछ। आज दर्ता भएका केस भित्र ९ देखि ८२ वर्ष बीचका २२ नर र १९ नारी रहेकाछ्न। हङकङका विभिन्न कम्युनिटी टेस्टिङ सेन्टरबाट आज ७ केस आएका हुन। ३० जना भन्दा बढी मानिसमा प्राथमिक पोजिटिभ देखिएको छ।

काउलुन बे इलाकामा रहेको एलिस हो मिङ नेथर्सोल नर्सिङ होमका एक निवासीलाई आज पोजिटिभ पुष्ठि भयो। यो नर्सिङ  होमबाट अहिलेसम्म २ कर्मचारी र २ वासिन्दा संक्रमित भएकाछ्न।

आज चुङ क्वान ओको लाम  तीन टनल कन्स्ट्रक्सन साइटबाट ११ जना संक्रमित थपिएकाछ्न। यो साइटका करिब १,५०० जना काम्दार सबै अनिवार्य कोरोना परिक्षण जाने भएकाछ्न भने कार्यस्थल बन्द हुने भएकोछ। संक्रमण हुनेमा स्काफोल्डर,कार्पेन्टर र क्लिनरहरु परेकाछ्न।

अनिवार्य कोरोना परिक्षणमा जानू पर्ने सुचिमा आज दुइटा बिल्डिङ थपिएका छ्न। ती हुन च्यङ शा वानको उन चाउ स्टेट्मा पर्ने उन सिङ हाउस र पो लाम स्थित चुइ लाम स्टेटको फाइ लाम हाउस।

तपाईको प्रतिक्रिया