हाल नेपाली लेखक सङ्घ केन्द्रीय अध्यक्षको रुपमा कार्यरत कवि बियोगी बुढाथोकी चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ ।उहाँको लेखनमा प्रजातान्त्रिक बिचार बढी देखिनुको साथै मानविय संवेदनशीलताको पक्ष बढी उजागर भएको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।
निशब्द
दशैं पेश्कीको उल्लासमय उमङ्गको मङ्सिर बोकेर
कार्यालयको समयले विदा दिएपछि
केही मिल्ने मनहरू पनि रहेछन् जीवनको गल्छेडामा
भेटिए गौंडामा
उनैको साथ लागेर जीवनको अन्तिमपल्ट
छिरिएथ्यो मधुशाला
धेरै पो पिइएछ गाँठे
कसले, कति बजे, केको सहायतामा घरको दैलो टेकाए
यकिननै भएन ।
जोइपोइको मुख ताकेर बसेको अगेनाको भान्छा
भान्सा तयार गर्नेको प्रश्न –
खाना सेलाइसक्यो खाने होइन रु
लरबरिएको आबाज पोखिन्छ सन्नाटामा
लु तैं खा १
उता भोक जाग्राम बसेको छ
यता
लमतन्न, लम्पसार, शब्दको घ्वारघ्वार
कतिको निद्रा बिथोल्यो
मधुशालाले सम्झना लुटेको पत्तै भएन
ख्याल गर्ने अवस्थै थिएन ।
कुन समय कोठाबाट तातो हराइसकेछ
बदलामा चिसो छल्न खोज्दा निद्रा बाहिरिएको
आभासले च्वास्स घोच्यो ।
हो, त्यत्तिनैखेर
सडकमा एकनाशले
कुनै समय काठको गाउँ हात्तीगौंडाबाट
मुर्दा बोकेर पशुपतिनाथको ब्रम्हनालसम्म लैजाने
सिलसिलामा
एकोहोरो फुकेको शङ्खको कर्कश आवाजझैं
साइरनले निद्रा बिथोलेको स्मृतिमा पौडी खेल्न आयो
धन्न झ्याल खोलेर हेर्नसम्म सकिएछ ।
उता बृद्ध बिरामी बाको पनि निद्रा चोरिएछ
ख्वाक्क खोक्दै प्रश्नका साथ उत्तरको पर्खाईमै रहेको समय
बृद्ध आमाको चित्कार मिसिन पुग्छ
हाम्रो अवस्थालाई बुझेर सरकारले एम्बुलेन्स
पठाएको हो बुहारी ?
लोग्ने उठ्लान र सँगै खाना खाउला भन्ने दृढ प्रतीक्षामा
दिनभरको बुहार्तन झेलेर भोकै बसेकी बुहारीको शिष्ट र सालिन जवाफ
हैन बा, कहाँ हुन्थ्यो र आमा त्यो त
के को राजनीतिक परिवर्तन भयो भन्नु खै
पुरानो बोतलमा नयाँ मदिरा भनेझैं
नयाँ अनुहार तर पुरानै बानीवेहोराका बिर्सिनलायक
सत्ताका भोकाहरूलाई
शपथ ख्वाउन लिन आएको साधनको दुरुपयोग पो हो ।
बुहारीको सपाट जवाफ सुनेर
परिणाममा निशब्द भए
आमाबा ।
अब कसको पालो नगेन्द्र दाइ !
वेला – कुवेला किन हुन्छ ऐठन
घरीघरी
आत्तिनु र मूर्च्छित हुनु छ
अनायास
सम्हालिएर आफै
विगततर्फ फर्किएर हल्का मुस्कुराउनु छ
तव तेर्सिन्छ प्रश्न –
अव कसको पालो नगेन्द्र दाइ १
संवत्सर फेरिएसँगै महिना, गते र बारहरू कति फेरिए कति
प्रत्येक महिनाको बिहीबार अनायास घचघच्याउने पर्छ
अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुनुको अर्थमा
स्वस्फूर्त रूपमा जुट्न आव्हान गर्छ ।
पहिलो बिहीबारको छेको र टेकोभन्दा
केही अगाडि थोरै पछाडि
अघोषित गुठे केही समयदेखि चलिनै रह्यो
कुनै किसिमको र्वमस्यताको बर्को ओढेन
बेमेलको वादलले कहिल्यै छेकेन
मासिक
खुलेको आकाशझैं पवित्र मनको भेट
कोलाहल
धुवाँ, धुलो र प्रदूषणभन्दा टाढा
शान्त, एकान्त र प्राकृतिक मनोरमको छानामुनि
लुट्पुटिने अवसर
आदेशको पर्खाइमा आदरकासाथ पर्खिएरै प्रश्न गर्थ्यो
अव कसको पालो नगेन्द्र दाइ ?
प्रश्न कतै ठोक्किन नपाउँदै हुर्दुराएर
नरम शब्दमा पोखिन्थ्यो
प्रभुहरूको पालो सकिएपछि
उत्तरले समय र संसयलाई एकसाथ साम्ये पार्थ्यो
अनि जवाफ दिउला वियोगीजी १
प्रश्न र उत्तरको घोडे दौडमा समय गुज्रिरह्यो
कति बर्ष, महिना, गते र बार वित्यो हेक्का राखिएन
तर नभनेरै उमेर दौडिएको पत्तै भएन
ख्यालै गरिएन
फगत दोडिरह्यो, मात्र दौडिरह्यो, शिर्फ दोडिरह्यो
परिणाममा
जवाफदेहिता चुपचाप, चालचुल केही नगरीकन
उत्तरलाई थाँती राखेरै अनन्तयात्रामा हिँड्यो
प्रश्न बाँकी नै छ –
अव कसको पालो नगेन्द्र दाइ ?
झिक्रा : आठ
यो उमेरको पूर्बाद्धको शासनकालमा
जनता मस्त निद्रामा परेको समय
निर्णयको सुनामी आएको खबर
बिहानको कुखुराको डाँकसंगै समाचार वाचकले ध्यान तान्थे
सिंगो उमेरले
कतिवटा शासनकाल भोग्यो, भोग्दै छ
अहिले रातको सन्नाटासंगै संसयको खेल
राजनैतिक मैदानमा अविश्सनीय बिचौलियाको नपत्याउँदो उदयले
त्तासदीको तिर कतातिर हानिन्छ
म्नमनमा
स्ट्याटसनै बन्दुकको गोली हुने गरेको छ
होशियार १
विषयान्तरका कच्चा खेलाडीहरू कान खुलै राख्नु
दिग्भ्रमित पार्ने प्रपन्चकारी खेल बन्द गर्नु
सत्य लुक्दैन न त झुकेर डराउँछ नै
गलत नजिरका आविष्कारकहरू सावधान
नखाएको विष अमृतमा घोलेर ख्वाउने चेस्टारुपी
जत्था कताबाट जन्मियो
कुन अदृश्य शक्तिको अस्थाचलले उदायचल ठान्यो
समय मौन छ
ज्ञाता र विज्ञले आँखा खोल्नु जरुरी छ
लोकतन्त्र लहडमा खेल्न विषय हो भन्ने दुस्स्वप्न कसैले नदेखै राम्रो
राजनीतिलाई फोहोरी खेल नबनाउनु
भ्विष्यले घाटा बेहोर्नु पर्ने अवस्था सहन सक्तैन
विना वादलको कुसमयको वर्षाले क्षति मात्र पुर्याउछ
हेक्का राख्नु ।





