क्रान्ति सुब्बा

अगस्ट २१ तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,५१३
.स्थानीय केस संख्या : ६,२७६
.पिसिआरबाट पुष्टि केस संख्या : २,२३९
.एन्टिजेनबाट पुष्टि केस : ४,०३७
.आयातित केस संख्या : २३७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११४ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६५ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
४९ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
९ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत युकेबाट ३१ केस , इन्डियाबाट आएका ३८ केस, अमेरिकाबाट आएका २२ केस ,फिलिपिन्सबाट १६ केस, क्यानाडाबाट १३  केस, सिंगापुरबाट १२ आएका थिए ।

.कुल संक्रमित संख्या : १,४५८,२३८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६०५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२८१,२४८

. ३ वटा नर्सिङ होमबाट ३ जना वासिन्दा १ जना कर्मचारी  र ३ वटा अपांग आश्रमका ४ जना वासिन्दा  संक्रमित भएका थिए । कुल २९ जना क्वारेन्टाइन जाने गरि क्लोज  लिस्टमा परेका थिए । साइ कुङ स्थित फुक कोर्ट नर्सिङ सेन्टरका ३२ जना व्यक्तिलाई एशिया वर्ल्ड एक्स्पोमा क्वारेन्टाइन बस्न पठाइएको थियो जसमा २७ जना वयोवृद्ध र ५ जना कर्मचारी परेका थिए । यो नर्सिङ होमका एक जना नर्सिङ स्टाफ र एक जना बासिन्दा पोजेटिभ पुष्टि भएपछि उनीहरुको क्लोज कन्ट्याक्ट्मा रहेकालाई क्वारेन्टाइनमा लगिएको हो। यस नर्सिङ सेन्टरका २ जना स्टाफ र २ जना वासिन्दा यो भन्दा अगाडि पनि संक्रमित भएका थिए । क्वारेन्टाइन सेन्टरमा  थप १९ जनामा पोजिटिभ पुष्टि भएको थियो ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३९२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना । मृत्यु हुनेमा ६५ देखि ८१ वर्ष  बीचका ३ जना पुरुष परेका थिए । कुनै  मृतकले पनि खोप लगाएका थिएनन र सबै जना आफ्नो परिवारका साथमा बस्दथे। र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,९९५

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ८
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ८
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३०
.आइसियुमा रहेकोे बिरामीको संख्या : ११
.अस्पतालमा भर्ना भएका ८० प्रतिशत भन्दा बढी बिरामी ६० वर्ष माथीका छ्न।
.गत २४ घन्टामा निको भएका बिमारी : २०३
.डिस्चार्ज भएका बिमारी :१६९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १० संक्रमितको संपर्क आएका मानिसको संख्या : १७
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :७४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :११


६ महिनादेखि ३ वर्ष उमेर समुहका ६,४०० जना बालबालिकाले खोप लगाए


स्वास्थ्य मन्त्री  प्रोफेसर लो चुङ-माउले आज आफ्नो ब्लगमा अगस्ट ४ तारीखबाट ६ महिनादेखि ३ वर्षका उमेर समुहका बालबालिकालाई कोरोना खोप वितरण गरेयता अहिलेसम्म करिब ६,४०० जना साना बालबालिकाले खोपको पहिलो डोज प्राप्त गरेको खुलाएका छ्न। बालबालिकाको लागि बनाइएको यो खोप धेरै सुरक्षित रहेको भन्दै खोप लगाएपछि हल्का ज्वरो र छालामा दाग आदि देखिने बाहेक त्यस्तो कुनै गम्भीर वा अप्रत्याशित असामान्य घटनाहरू नभएको जनाएका छ्न।

कतिपय अभिभावकमा अझै पनि आफ्ना बालबालिकाको खोपको बारेमा शंका रहेको उनलाई अवगत थियो । तथापि उनले चिकित्सकलाई आफ्नै पहलमा अभिभावकलाई सल्लाह दिन र बालबालिकाको शारीरिक अवस्थाबारे जानकारी दिन  र आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई मनाउन नछोड्न आग्रह गरे । सरकारले विद्यालयहरुमा संचालन गरेको खोप कार्यक्रमलाई  निरंतर जारी राख्ने  र विद्यार्थीहरूलाई सामुदायिक खोप केन्द्रहरूमा खोप प्रदान गर्न लैजाने सेवालाई जारी राख्ने बताएको छ।

यसैबीच लोले नर्सिङ होम निवासी वयोवृद्धको सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको बताए । हाल सम्ममा खोपको दुई डोज नर्सिङ होम निवासी ९० प्रतिशत वृद्ध बासिन्दाहरूले ग्रहण गरेका छ्न भने ५३ प्रतिशतले बासिन्दाले खोपको तीन डोज  प्राप्त गरिसकेका छन्।

तपाईको प्रतिक्रिया