८ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

आइतबार रात क्वारी बे, हुङ हाम र मङ कोकका तीन वटा आवासीय गृहमाथि लागू भएको एम्बुस लक डाउनबाट सोमबार चार वटा प्रारम्भिक पोजेटिभ केस फेला परेकोछ।

एम्बुस लकडाउनबाट ठुलो संख्यामा प्राप्त भएको केस यसै पटक हो। स्मरण रहोस गत महिना जोर्डनमा भएको लकडाउन मा करिब ७,०००जना माथि परिक्षण हुँदा १३ जना संक्रमित भेटिएका थिए ।

यसपटक फेला परेका तीन वटा केस क्वारी बेको वाइ लि बिल्डिङबाट हो जहाँ करिब ८६० जनाले परिक्षणमा भाग लिएका थिए ।

अर्को केस चाहिँ हुङ हामको च्यङ लोक मेन्सनमा भेटिएको हो जहाँ करिब ३७० जनाले परिक्षण गराएका थिए ।

मंङ कोकको होइ फु कोर्टमा भने १,१०० भन्दा बढी नागरिकले कोरोना परिक्षण गराएका थिए जहाँको नतिजा आउनै बाकिछ।

तपाईको प्रतिक्रिया