नर्थ क्यारोलिना अमेरिका। नर्थक्यारोलिनाको आरटिपि क्षेत्रमा क्रियाशील फुके नेपाली फुटबल क्लबद्वारा आयोजित दशै तिहार कपको उपाधी डाँफे एफसिले हात पारेको छ । नोभेम्बर १४ तारीख शनिबार सम्पन्न फाइनल खेलमा डाँफे एफसिले सारा एफसिलाई एक गोलको अन्तरले हराएको थियो । डाफेले कुल ३ गोल र साराले २ गोल गरेका थिए । 
प्रतियोगितामा विजयी टिमलाई नेपालबाट आएका बरिष्ठ पत्रकार द्वय मनोज दाहाल र गिरिश भट्टाराईको हातबाट कप र ट्रफी वितरण गरिएको थियो । एपेक्सको प्लेजेन्ट पार्कमा सम्पन्न प्रतियोगितामा डाफे एफसिका खेलाडी प्रविण खनियाले धेरै गोल गर्ने उपाधी पाएका थिए ।
प्रवासमा सदभावनापुर्ण रुपमा आयोजित यस खेल प्रतियोगिताले नेपाली समुदायमा प्रेम, भातृत्व र अपासी मित्रता बढाएको महसुस भएको जनाउदै विशेष अतिथि पत्रकार मनोज दाहालले विजेता र उपविजेता दुबैलाई हार्दिक बधाई दिने क्रममा नेपालबाट आएर यस्तो रमाइलो कार्यक्रममा भाग लिन पाउदा खुसी लागेको बताए ।

प्रतियोगितामा अशोक सुवेदीले रेफ्रीको भुमिका निभाएका थिए भने लाइन्सम्यानमा रेसम बस्नेत र मनोज तिमिल्सिना थिए । कार्यक्रम क्लबका संस्थापक आङछिरिङ शेर्पा र व्यवस्थापन समितिका सदस्य विजय उपाध्यायले सञ्चालन गरेका थिए । खेलको समापानपछि क्लबले सबै सदस्य तथा सदस्यका परिवारको सहभागितामा रात्री भोजको आयोजन गरेको थियो ।
नेपाली फुटबल क्लब नर्थ क्यारोलिनाद्वारा आयोजित खेलमा डाफे क्लबको विजय





