काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

मियाँले आज आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् ।

यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए ।

उनी हज कमिटीका पूर्वअध्यक्ष पनि हुन् ।

तपाईको प्रतिक्रिया