स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरे पनि कार्यान्वयन भइसकेको छैन । कोरोनाको जोखिमलाई ध्यानमा राखी काठमाडौँ विश्वविद्यालयले हिजोदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ । १५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडौं विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ बैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने प्रवक्ता इकुमाया पुनले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयले भने यस विषयमा कुनै निर्णय गरिनसकेको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । भौतिक उपस्थितिमै विभिन्न कार्यक्रम अन्तर्गतको अन्तिम परीक्षा र पढाई पनि भइरहेको बताउँदै उहाँले पढाई र परीक्षा स्थगित गर्ने वा अनलाईनमार्फत सञ्चालन गर्ने भन्ने विषयमा छलफल नै नभएको बताउनुभयो । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले बैशाखको ५ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु गर्ने तयारी गरे पनि कोरोना सङ्क्रमण बढेसँगै अन्योलता बढेको जनाएको छ । ३० हजारभन्दा बढी विद्यार्थी भर्ना लिएको विश्वविद्यालय स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कक्षा सञ्चालन गर्ने योजनामा रहेको उपकुलपति डा. अम्बराज जोशीले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले कुनै पनि निर्देशन दिइनसकेको बताउँदे उहाँले परिस्थिति अनुसार निर्णय गरेर अघि बढ्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि शैक्षिक संस्था बन्द गर्ने विषयमा निर्णय भइनसकेको जनाएको छ । सीसीएमसीको बैठकले गरेको निर्णयलाई मन्त्रालयले कार्यान्वयन गर्ने सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साताको तीन कविता – कवि नारायण सापकोटा
कवि नारायण सापकोटा वर्तमान समयमा लेखीरहेका एक शसक्त समकालीन नेपाली कवि हुनुहुन्छ । उहाँको कविताले सत्य, प्रकृति र ...
गायिका सारा लामा तामाङ को ‘जुहारी ह्वाई’ सार्वजनिक
काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ...
साताको तीन कविता – कवि कविता राई गाउँले
नेपाली कविता लेखनमा कवि कविता राई गाउँले एक स्थापित नाम हो । कवितामा स्पष्ट बिद्रोह बोल्नु उहाँको कविताको&nb...
राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्व...
ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
पाँचथर । स्व. रामप्रकाश समथिङद्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोजनामा एक कार्...
निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन पारेर धेरै नेपाली गीतहरु सार्वजनिक भए। यस्तैम...