६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले आगामी अगस्ट १ तारीख २०२१ बाट हप्ताको एक दिन भाग्य चिठ्ठा उडाउने घोषणा गरेकोछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका हङकङ रेसिडेन्टले सासाले उडाउने हङकङ डलर एक लाख बराबरको नगद ( क्यास) भौचर जित्नको लागि यस भाग्य चिट्ठामा भाग लिन पाउनेछ्न।

यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप र हङकङ डलर एक हजार भन्दा बढीको वेलकम गिफ्ट पनि पाउनेछ्न।

सासा कम्पनीले जुन ३ तारीखका दिन एउटा इ- लेटरबाट  यो चिट्ठा उडाउने घोषणा गरेको थियो । महामारीसंग लड्न भइ रहेको  सामुदायिक प्रयासमा एक्यवद्धता जनाउन र अधिकतम मानिसलाई खोप लाउन उत्साह मिलोस भनेर यो कदम उठाएको कुरा विज्ञप्तिमा उल्लेख छ।

सासाले कुल हङकङ डलर १० लाख बराबरको चिट्ठा उडाउने भएकोछ । अगस्ट १ तारीखबाट शुरु हुने यो चिट्ठा  हप्ताको एक लाखको दरले दस हप्ता सम्म चल्नेछ ।

यो चिट्ठामा भाग लिने प्रक्रिया र यस अन्य थप विवरण यथासमयमा  सार्वजनिक गरिनेछ भनिएकोछ।

तपाईको प्रतिक्रिया