१० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

शांग्रीला होटेलले आयोजना गर्ने भाग्य चिट्ठाको एक जना विजेताले एक वर्षको लागि संसारको जम्मा ७६ स्थानमा रहेका सयभन्दा बढी होटेलहरुमा निशुल्क बस्न पाउने भएकोछ। बोर्डर खुल्ला नभएको अवस्थामा विजेताले  हङकङको चार वटा शांग्रीला होटलमा बस्न सक्नेछ।

यस भाग्य चिट्ठामा उमेरले १८ पुगेका हङकङका जोकोही आइडी कार्ड वाहक र इप्लोइमेन्ट भिसामा भएका जस्तै डोमेस्टिक हेल्पर समेतले भाग लिन पाउनेछ्न। र सहभागी हुन चाहनेले ३१ अगस्टभित्र भ्याक्सिनको दुबै मात्रा हङकङमा लगाएको हुनु पर्दछ ।

.सहभागीले आफ्नो नाम दर्ता गराउने समय जुलाई ५ तारीख दिउसो १२ बजे २०२१ बाट ३१ अगस्ट राति १२ बजे २०२१ सम्म रहनेछ ।
.तपाईंले आफ्नो नाम दर्ता गरिसकेपछि तपाईंले दिएको इमेलमा दर्ता सफल भएको खबर आउदछ।

. कम्पनीले लक्की ड्र सेप्टेम्बर २० तारीख उडाउनेछ ।लक्की ड्रको परिणाम २९ सेप्टेम्बर २०२१ मा लक्की ड्र वेबसाईटमा  र साउथ चाइना मर्निङ पोस्ट र सिङ ताउ डेलिमा प्रकाशित हुनेछ।
.बिजेतालाई उसले उपलब्ध गराएको संपर्क विवरण मार्फत खबर गरिनेछ।

.बिजेताले संसार भरका १०० भन्दा बढी शांग्रीला होटेल तथा रिसोर्टमा निशुल्क बस्न पाउने समय अबधि जनवरी १ तारीख २०२२ बाट शुरु भएर ३१ तारीख डिसेम्बर २०२२ मा अन्त हुनेछ।

. बिजेताले एक जना साथी होटेलमा बस्नको लागि  लान सक्दछ।

.यस भाग्य चिट्ठामा एउटा मात्र पुरस्कार राखिएकोछ त्यो भनेको संसार भरिको कुनै पनि शांग्रीला होटेलमा वर्ष दिन भरी असीमित समय बस्न पाउने सुबिधा । तर प्रत्येक  होटेलमा सात रात सम्म मात्र रहन पाइन्छ ।

लक्की ड्रको लिङ्क

https://www.shangri-la.com/group/shangrila-cares/luckydraw/en/

तपाईको प्रतिक्रिया