१२ जुलाई २०२१ हङकङ । अरेन्द्र गुरुङ ।

जुलाई ११ तारीख  आइतबार  सन १९९६ मा स्थापना भएको  नेपाली जनसम्पर्क समिति हङकङको १२ औं  महाधिवेशन संपन्न भएकोछ।
निकट भविस्यमा हुन लागेको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा हङकङ प्रतिनिधि पनि पठाउनु पर्ने भएकोले यथासमयमा महाधिवेशन भएको हो।

महाधिवेशनको निर्वाचन समितिमा संस्थाका सल्लाहकार दुर्गा गुरुङ संयोजक र सदस्यहरुमा ओमराज गुरुङ ,काेमल गुरुङ (स्याङजाली कान्छा), टंक राना, रिता गुरुङ र  राम गुरुङ रहेका थिए ।

बिधान मस्यौदा संसोधन समितिमा संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङ संयोजक र सदस्यमा नरेन्द्र गुरुङ र सन्ताेष घले रहेका थिए ।

नेपाली कांग्रेस  महाधिवेशन सक्रिय सदस्य संकलन समितिमा संस्थाका सल्लाहकार बसन्त श्रीनेत संयोजक र  सदस्यमा बमबहादुर बिक र शैलेन्द्र  बोगटी रहेका थिए ।


जोर्डन स्थित याक एण्ड यति  रेस्टुरेन्टमा  संपन्न  कार्यक्रममा  सभापति बाहेकका सम्पुर्ण पदाधिकारीहरु सर्वसम्मतमा चयन भएको थियो । सभापतिमा पुर्व उपसभापति काजी कुमार गुरुङ र वर्तमान उपसभापति गोविन राना बीच  प्रतिस्पर्धा भएको थियो ।  दुबै जना नेपाली कांग्रेस १३ औं  महाधिवेशन प्रतिनिधि रहेका थिए ।
काजी कुमार गुरुङ निर्माण क्षेत्रसंग संबंधित पेशामा आवद्ध छ्न गोविन  राना  सिटि युनिभर्सिटीका प्राध्यापक हुन।
नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा यस १२औं  महाधिवेशनले महासमिति सदस्य  काजी कुमार गुरुङलाई निर्वाचित गरेको छ।
नवगठित नेपाली जनसम्पर्क समिति हङकङका पदाधिकारीहरुमा क्रमश सभापति-काजी कुमार गुरुङ(पर्वत ),उप-सभापति-सुश्री डा.श्रद्धा खडका  (काठमाडौ),उप-सभापति-नवीन सुहाङ (झापा ), महामन्त्री-शैलेन्द्र सिंह बोगटी(काठमाडौ ), महामन्त्री-भबिन लिम्बु ( झापा ), सह-महामन्त्री-सरुण सेरचन (बुटवल ), सह-महामन्त्री-किरण राई ( सुनसरी ), र सदस्यहरुमा सन्तोष गुरुङ(कास्की),
दिपा गुरुङ (पर्वत ), उपेन्द्र बिश्वकर्मा (म्याग्दी ), सेसाहाङ्ग थुलुङ राई (भोजपुर ), तुरन गुरुङ ,अशोक राना, तिर्थ राज न्यौपाने , हरि थापा रहेका छ्न।

तपाईको प्रतिक्रिया