काठमाडौं । नेकपा (एमाले)ले भदौं २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरुको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । त्यससम्बन्धी प्रस्तावहरूलाई अन्तिम रूप दिन र अन्य आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया