महिला सुरक्षा दवाव समुहले अधिकारकर्मी तथा नेपाली कॉग्रेसकी नेतृ स्व मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस एक अन्तरक्रिया सम्पन्न गरेको छ ।

जुम तथा प्रत्यक्ष उपस्थीति सहित आयोजीत उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा स्व मङ्गला देवीका सुपुत्र प्रकाशमान सिंह श्रेष्ठ उपस्थीत थिए । उनले सभालाई सम्बोधन गर्दै नेपालमा महिला अधिकार तथा प्रजातन्त्र ल्याउन आफ्नी आमाको ज्यादै ठुलो त्याग तपस्या र योगदान रहेको कुरा र बुबा आमा दुबैले १०४ वर्षे जहानिया राणा शासनको विरुद्धमा लागेर प्रजातन्त्र ल्याउन संघर्ष गर्दा बाल्यकालमा आफुहरुले पाएको दुखको स्मरण गर्दै स्व नेता गणेशमान सिंह र मङ्गला देवी सिंह नेपालमा प्रजातन्त्रका हस्ती भएको बताउनुभयो ।

आफ्नी आमाले महिला अधिकार र छोरीले पनि पढ्न पाउनु पर्छ भनी पद्मशमसेर संग माग गर्नु अत्यन्त कठिन कुरा थियो तर सोही कारणले पद्म कन्या स्कूल स्थापना भएको हो भन्नूु भयो । अन्तमा साहना प्रधान र मङ्गला देवी सिंहको सम्झनामा छात्रबृत्ति स्थापना गर्न लागेकोमा महिला सुरक्षा दवाव समुहलाई धन्यवाद दिदै उक्त कार्यमा सहयोगको लागि आफ्नो एक महिनाको तलब दिने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै सांसद तथा नेपाली काँग्रेस नेतृ डा डिला संर्गौलाले ३३ प्रतिसत महिला सहभागिताको कुरा सर्व प्रथम उठाउने व्यत्ति नै मङ्गला देवी भएको उल्लेख गर्दै २००४ सालमा नेपाल महिला संघ खोलेर मङ्गला देवी सिंहले महिला आन्दोलनको शुरुवात गर्नु भएको कुरा बताउनु भयो ।

छोरी डा. मिता वैद्यले २००४ सालमा आफ्नी आमाले महिला संघ खोल्ने देखि २०४६ सालको जन आन्दोलन सम्म महिला अधिकार तथा प्रजातन्त्र प्राप्ति सम्म धेरै संघर्ष गरेको बिचार व्यक्त गर्दै सस्थालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो त्यसैगरि पुर्व अध्यक्ष तथा अग्रणी महिला अधिकारकर्मी तथा लेखक सावित्री थापाले मङ्गला देवीले प्रजातन्त्र र महिला अधिकारका लागि धेरै योगदान पुर्याएको बिचार व्यक्त गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु भन्नु भयो । सस्थाकी अध्यक्ष कल्याणी शाहको अध्यक्षता र सस्थाकी महासचिव तथा कॉग्रेसकी सांसद विजया श्रेष्ठ के.शीले उक्त कार्यक्रमको संयोजन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया