हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको नतिजा आज सेप्टेम्बर २० तारीख सार्वजनिक भएकोछ।

जम्मा ३६ वटा पुरस्कारलाई एकै राउन्डमा गत सेप्टेम्बर १३ तारीख उडाइएको थियो ।

पुरस्कार यस प्रकार छ्न:

१. प्रथम पुरस्कार – १


     हङकङ डलर  $५,०००,००० (पचास लाख )को  भौचर
     

२. दोस्रो पुरस्कार  – २
     हङकङ डलर  $३,०००,०००(३० लाख ) को भौचर
      

३. तेस्रो पुरस्कार  – ३
     हङकङ $१,०००,००० (दस लाख )को भौचर
         

४. चौथो पुरस्कार  – १०
     हङकङ डलर $ ५००,०००(पाँच लाख) को भौचर
      

५.पाँचौ पुरस्कार  – २०
     हङकङ डलर $५०,०००(पचास हजार ) को भौचर
   

यो  चिट्ठाको आयोजकमा सिके ग्रुप लिमिटेड रहेकोछ। यस भाग्य चिट्ठाका प्रायोजक कम्पनीहरु निम्न रहेका छ्न – सिके हचिसन होल्डिङ लिमिटेड , च्यङ कोङ होल्डिङ्स लिमिटेड ग्रुप  र लि का सिङ फाउन्डेसन/ याङजी रिभर ग्रुप ।

चिट्ठा विजेताको विवरण हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://www.ck-lksf-supportvaccine.hk/en/result.html

तपाईको प्रतिक्रिया