अरेन्द्र गुरुङ । हङकङ ।
३ तारीख ,अक्टोबर जोर्डन स्थित याक एन्ड यति रेस्टुरेन्टमा तमु समाज हङकङले समाजका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा एक भेटघाट ( रि-चहमी प्रेह कै) कार्यक्रम भब्य रूपमा मनाएको छ ।
रि-चहमी प्रेह कै जस्ता कार्यक्रमको आयोजना गरेर समाजको उन्नति प्रगतिमा एक्यवद्धता जनाउने सन्देश कार्यक्रमले दिएको कुरा आयोजकले गरेका छ्न ।
यो समाज स्थापना भएको ६ बर्ष भयो। यो छोटो अबधिमा समाजले आफ्नै घर बनाइसकेको छ। आजिवन सदस्यहरुको बिशेष सक्रियता रहेको यस संस्थाले कोभिड १९ को कारण बिगत लामो समय देखि कार्यक्रम गरेको थिएन ।
हङकङको कोभिड संक्रमण नियन्त्रणमा आएपछि स्वास्थ्य मापदण्ड खुकुलो हुदै गएको बेला समाजले लामो समयको अन्तरालमा यो भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा दिदिबहिनी र आमाहरुलाई सम्मान गरिएको थियो । आमा र दिदिबहिनीहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा आउनु भएका आमाहरुले समाजले भवन किनेकोमा खुसी हुदै हङकङ डलर १२ हजार ६ सय २० सहयोग प्रदान गरेका थिए। मेहली सोप जोर्डनले ५० थान पछ्यौरा स्पोन्सर गरेको थियो । दाता र प्रायोजकहरुलाई समाजले खादा र पछौरा ओढाएर सम्मान गरेको थियो ।
उक्त कार्यक्रमको आयोजना गर्दा लागेको सम्पुर्ण रकम तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ( स्याङ्जाली कान्छा) ले स्पोन्सर गर्नु भएको थियो । महिला बिभाग र आमा समुहले अध्यक्ष कोमल गुरुङ सपरिवारलाई धन्यवाद सहित सम्मान गरेको थियो । कार्यक्रममा नृत्यहरुको पनि प्रस्तुति रहेको थियो । कार्यक्रमको संचालन समाजका सचीव श्रीमती अनिता तमुस्योले गर्नु भएको थियो ।