क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा सोमबार डिसेम्बर १३ तारीख  ओमिक्रोन भेरिएन्ट बोकेका   दुईवटा थप कोभिड-१९ केस थपिएका छ्न। यी दुवै युनाइटेड किंगडमबाट आयात भएका केस हुन ।

जसमा एक ६२ वर्षीय पुरुष बिरामी र ५० वर्षीया महिला बिरामी थिए, जो १० डिसेम्बरमा युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए  र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको परिक्षणमा पोजिटिभ देखिएको थियो ।  दुबै बिरामीहरूले बायोएन्टेक भ्याक्सिनका पुर्ण मात्रा ग्रहण गरिसका थिए । दुबै रोगी  लक्षणहिन( एसिम्प्टोमेटिक) थिए।

यी दुई आयातित समेत गरेर  हालसम्म हङकङमा ओमिक्रोनसँग सम्बन्धित सातवटा केस  छन।  दुई केस दक्षिण अफ्रिका, अर्को दुई नाइजेरिया र एक संयुक्त राज्य अमेरिकासँग सम्बन्धित थिए।

स्वास्थ्य केन्द्रका प्रवक्ताले  बताए अनुसार सातवटा केसहरू सबै एयरपोर्टको प्रतिबन्धित क्षेत्रमा वा  क्वारेन्टाइन होटेलमा पत्ता लगाइएको थियो, र हाल सम्म यो भाइरस  समुदायमा फैलिएको छैन।  केन्द्रले भाइरसको यो उत्परिवर्तीत नश्ललाई स्थानीय समुदायमा प्रवेश गर्नबाट रोक्न कडा भन्दा कडा रोकथाम र नियन्त्रणका उपायहरू अवलम्बन गर्ने भनेको छ।

सोमबार  अन्य दुई वटा  नयाँ आयातित केस पनि  रिपोर्ट गरिएको छ जसमा एउटा म्युटेन्ट स्ट्रेन पनि  समावेश भएको छ।

ती  बिरामीहरू क्रमशः ५० र ७५ वर्षका दुई पुरुष थिए।  ५० वर्षका पुरुष  डिसेम्बर १० मा तान्जानिया, दक्षिण अफ्रिका, केन्याबाट कतार हुँदै QR818 उडान मार्फत हङकङ आइपुगेका थिए। पेन्नि बे क्वारेन्टाइन सेन्टरमा रहेको बेला  उनको परीक्षण पोजेटिभ पुष्टि भएको  थियो।

अर्का पुरुष  डिसेम्बर ७ मा संयुक्त अरब इमिरेटस हुँदै पाकिस्तानबाट उडान EK384 मार्फत हङकङ आइपुगेका थिए। सिल्का फार ईस्ट होटल हङकङ, चुन  वानमा क्वारेन्टाइनमा बस्दा उनको परीक्षण पोजेटिभ आएको थियो।

हङकङको कुल कोभिड संक्रमण संख्या १२,४९१ पुगेको छ।

तपाईको प्रतिक्रिया