क्रान्ति सुब्बा । हङकङ ।

हङकङले डिसेम्बर १२ तारीख आइतवार पाँच आयातित कोभिड-१९ केसलाई झेल्नुपरेको छ। जसभित्र  तीन जना  युनाइटेड किंगडमबाट आएका  र दुई जना फिलिपिनो घरेलु कामदारहरू परेका छ्न।

एक ३४ वर्षीया घरेलु सहयोगी  नोभेम्बर २२ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आएकि हुन। चिङ यी स्थित रयाम्बलर गार्डन होटेलमा क्वारेन्टाइन बसेको समयमा उनको परीक्षण सुनिश्चित भएको थिएन । तर अस्पतालमा भर्ना भएपछि भने उनमा  L452R म्युटेन्ट स्ट्रेन देखिएको हो।

अर्कि २९ वर्षीय डोमेस्टिक हेल्पर  डिसेम्बर २ तारीख  उडान 5J272 मार्फत फिलिपिन्सबाट हङकङ अवतरण भएकी थिइन  र पेन्नी  बे क्वारेन्टाइन केन्द्रमा रहेको बेला परिक्षण गर्दा  कम भाइरल लोडको साथ पोजिटिभ सावित भएकि थिइन।

एक ६२ वर्षीय पुरुष र एक ५० वर्षीया महिला शुक्रबार युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए । विमानस्थलमा आइपुग्दा भएको परिक्षणबाट  N501Y म्युटेन्टबाट पोजिटिभ प्रमाणित भएका थिए । र दुवै रोगी बिना लक्षण (एसिम्प्टोमेटिक)का थिए ।

बाँकी रहेको एउटा केस अन्तर्गत १४  वर्षीय किशोर  रहेका थिए जो गत आइतबार उडान CX252 मार्फत युनाइटेड किंगडमबाट हङकङ आइपुगेका हुन।   वङ चुक हाङ स्थित  ओभोलो साउथसाइड होटेलमा क्वारेन्टाइन रहेको बेला  उनमा बिहीबार लक्षण देखिएको थियो । त्यसपछि  L452R उत्परिवर्तित स्वरूपबाट पोजिटिभ भएको पुष्टि भयो।

तपाईको प्रतिक्रिया