अमेरिकामा साकेलाथान बनाउने अभियान जारी, देउसी भैलोबाट ठुलो रकम संकलन
न्युयोर्क । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका युक्रा ( UKROA) को विभिन्न च्याप्टरहरुले सदा झैं यस वर्ष पनि बत्ती र फूलहरुको रंगीन साँस्कृतिक चाड तिहार तथा बलिहाङ्गको अवसरमा आ-आफ्नो क्षेत्रमा सामुहिक देउसी भैलो खेल्दै भव्य रुपमा चाड मनाएका छन ।
व्यस्त अमेरिकन जिवनशैलीका कारण क्यालेण्डरमा उल्लिखित तिथीमिती भन्दा अगावै सबैको अनुकुलतालाई हेरी एक/दुई दिन पहिला देखी नै चाडवाडहरु मनाउने यहाँक...









