हङकङका ५० लाख नागरिकले अगस्ट १ तारीख $२,००० डलरको भौचर पाउने निश्चित भयो
१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले आफ्नो नागरिकलाई महामारी अनुदान स्वरुप जनही $ ५ हजार डलर बराबरको किनमेल भौचर दिने योजना अन्तर्गत यही अगस्ट १ तारीख ५० लाख भन्दा बढी नागरिकले पहिलो किस्ता हङकङ डलर $२,००० को इ-भौचर प्राप्त गर्ने कुरा अर्थ मन्त्री पल च्यान मो पोले बताएकाछ्न।
यो उपभोग्य भौचरको लागि आवेदन खुलेको २ हप्ताको अवधिमा साठी लाख दस हजार मानिसले नाम दर्ता गराएको कुरा ...









