एमसीसीको बजेट र ढुंगा गिटी निकासी बारेको निर्णय खारेज गर्न सरकारलाई २२ दलको चेतावनी
विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समुहले संसदबाट पारित नै नभएको एमसीसी परियोजना अन्तर्गतको बिद्युतको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्याएको बजेट र व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।
समुहका तर्फबाट नेता सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै २२ दलले यस्तो माग गरेका हुन् । साथै २२ दलले यी दुवै विषय खारेज नगरे उत्पन्न हुने परिस्थितिका...









