नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार शुरु
विराटनगर
नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार लाग्ने विराटनगरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपाली ब्रान्डको प्रवर्द्धन र स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने उद्देश्यले रमाइलो कार्यक्रम विकेन्ड बजार आयोजना गर्न लागिएको आयोजक सस्था विकेन्ड बजारले जनाएको छ । विकेन्ड बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तशिल्प र घर सजावटका सामानलग...









