हङकङमा आज पनि शुन्य स्थानीय कोभिड संक्रमित , मात्र एक केस आयातित ,भ्याक्सिन लगाएका थप एकको मृत्यु
२८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा १ आयातित केस मात्र देखा परेको छ । ती आयातित केस नम्बर ११४४७ इन्डोनेसियाबाट आएकी २४ वर्षकि महिला हुन।हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,४४७ पुगेको छ ।हङकङमा शुन्य स्थानीय केस भएको आज दोस्रो दिन हो। गत साल १४ अक्टोबरबाट आजको दिन सम्मको पाँच महिनाको अवधिमा सबै भन्दा कम केस भएको दिन आजै हो।
...









