बैतडी घटनाको अध्ययनका लागि काँग्रेस नेता रमेश लेखक बैतडीमा
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।
केन्द्रीय प्रतिनिधि लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका...









