हङकङको रेलको लिकमा हाम फालेपछी रेलले किचेर मारयो
८ डिसेम्बर हङकङ ।
डिसेम्बर ७ तारीख करिब २:१३ बजे दिउँसो एकजना पुरुष सेङ सुइँको इस्ट रेल्वे लाइन एमटीआर स्टेशनको प्लेटफर्मबाट उफ्रेर रेलको लिकमा खसेका थिए र आउदै गरेको रेल उनी माथिबाट दौडिएको थियोे ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरी र अग्नि नियन्त्रण टोलिले उनको खोजी गर्दा उनलाई रेलमुनी फेला पारेका थिए । उनको अवस्थालाई जाँचबुझ गर्दा उनको मृत्यु भैसकेको पाइयो। अग्नि नियंत्रकले उनको शरीरलाई बोक...









