उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान
उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान
कपिलवस्तु — आफ्नै उत्पादनको मूल्य पाउन उखु किसानले कम सास्ती भोगेका छैनन् । कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी त ३४ पटक संघीय राजधानी पुगिसके । उनका अनुसार किसानहरूले चिसो छिँडीदेखि तातो हावामा रात बिताउनुपरेको छ ।
गृहदेखि अर्थ मन्त्रालय दगुर्दादगुर्दै जुत्ताचप्पल फाटे । सभासम्मेलन गरेर ध्यानाकर्षण गराएको गन्ती छैन । उनीहरूले बन्द, चक्का...






