ग्रीस यात्राको सम्झना
- डा. गोविन्दराज भट्टराई
भाग— १
भोलि हामी ग्रीसको लामो यात्रामा निस्कने भएका छौँ । त्यसैले बिहानैदेखि झोला सुटकेश मिलाई यात्राको अन्तिम तयारी गर्नु परेकाले गर्दा आज अति व्यस्त हुनुपरयो । लामो यात्रा छ हाम्रो, तीन हप्ताको ।
ग्रीसको नाम मात्र लिनाले पनि मेरो हृदयमा आनन्द र उत्साहको संचार हुन थाल्छ । यो मानव सभ्यताको आदिम कोक्रो, यसको सम्झनाले सबको हृदयलाई छुन्छ । मेरो यस भूमिप्रति गहिरो प्रेम र श...









