सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) सार्वजनिक
काठमाडौं । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) सार्वजनिक गरिएको छ । सिरिजङ्गा लिपिमा प्रकाशित यो कृति २०८२ पुस ५ गते संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।
मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण किरात याक्थुङ चुम्लुङका ...









