हङकङको आगलागीमा ज्यान गुमाएका डोमेस्टिक हेल्परले आठ लाख डलर पाउने
हङकङ । हङकङको ताई पो आगलागीमा ज्यान गुमाएका विदेशी घरेलू कामदारको परिवारलाई सरकारले हङकङ डलर आठ लाखको हाराहारीमा क्षतिपूर्ति स्वरुप राहत रकम दिने घोषणा डिसेम्बर २ तारीख मंगलबार गरेको छ।
वांग फुक कोर्टमा लागेको आगोमा डिसेम्बर २ तारीख सम्ममा दस जना घरेलु कामदारको मृत्यु भएको थियो र ३० जना बेपत्ता थिए । यस हाउजिङ एस्टेटमा फिलीपींस र इंडोनेशियाबाट आएका २३५ जना डोमेस्टिक हेल्परहरु काम गर्दथे ।
...









