काठमाडौँ। चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रेभोलुसन’का गायक रविन तामाङकाे जुलाई ४ तारीख साँझ निधन भएकाे थियो । मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएकाे पारिवारिक श्रोतले पुष्टी गरेको थियो ।

प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेपछी परिवारका सदस्यमध्ये एक दिदि भगवती तामाङले प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनको मृत्यु स्ट्रोक या त हृदयघातबाट भएको हुनसक्ने अनुमान गरिएको थियो ।

गायक तथा कलाकार रोबिन तामाङको जुलाई ९ तारीख आइतबार अन्त्येष्टि गरिएको थियो । उनको पार्थिव शरीरलाई बिहान ८ देखि ११ बजेसम्म नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जलिका लागि राखिएको थियो भने अन्तिम संस्कारका लागि विजेश्वरीस्थित शोभा भगवतीमा ल्याइएको थियो ।

६० वर्षीय गायक तामाङको केटा-केटी , भुलमा भुल्यो , पहिलो नाम , चिसो चिसो लगायतका थुप्रै लोकप्रिय गीतहरु रहेका छन्। उनले छड्के (२०१३) , मुखौटा (२०१४) ,नाका (२०१८) , चिसो एसट्रे (२०२२) ,जय परशुराम , वान वे , छड्के २.० (२०२३) लगायतका थुप्रै नेपाली चलचित्रहरुमा समेत मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन्। उनले प्राइम एमाजनको हिन्दी वेब सिरिज “द लास्ट आवर ” (२०२१) मा समेत खलनायकको भुमिकामा अभिनय गरेका छन्। २०२३ मा बनेको छ्ड्के २ उनको जीवनको अन्तिम सिनेमा बन्यो।

सन १९६३ अप्रिल १७ तारीखका दिन सिंगापुरको बुकित तिमाहमा जन्मेका तामाङका पिता बेलायती सैनिक हुन। पाँच जना सन्तान मध्ये ऊनी सबैभन्दा कान्छा हुन। पिताको सक्रिय सैनिक जीवनमा उनि वाल्य तथा किशोर अवस्थामा पितासंगै सिंगापुर , हङकङ ,मलेसिया, ब्रुनाइ,युके पनि गएका थिए ।

सिंगापुरमा स्कुल पढदादेखि उनि जिमि हेन्ड्रीक्स र डिप पर्पलको संगीतबाट प्रभावित भए। सिंगापुरको अलेक्जेन्डर स्कुल पढ्दै गर्दा उनले एउटा एफ ट्रुप (F troop ) नाम गरेको व्यान्ड खोलेका थिए । सधैं एउटा संगीतकार बन्ने सपना देखेर हिड्ने उनले हङकङमा हाइस्कुलको पढाइ सिदयाएका थिए । त्यसपछि उनि ब्रुनाइ गएका थिए । उनले ब्रीटिश हाइ स्कुलबाट ए लेवल सकिएपछि उच्च शिक्षाको लागि ऊनी क्यानाडा गए सन १९८० को शुरुआत तिर । सन् १९८० को दशकको मध्यतिर क्यानाडा , टोरन्टोको हम्बर कलेजमा पढ्दै गर्दा उनले आफ्नो दोस्रो क्यानेडियन ब्याण्ड स्थापना गरे र व्याण्डको नाम तामाङ राखे । युनिभर्सिटी अफ टोरन्टोबाट मेकानिकल इन्जिनियरिङमा डिग्री गरेपछि एउटा एयरक्र्याफ्ट कम्पनीमा काम गर्न थाले। ६ महिना पछि उनले त्यो काम त्यागेर ऊनी आखिर संगीत मै लीन हुन थाले। क्यानाडामा एउटा रेस्टुरेन्ट खोलेर त्यहाँ पनि बजाउन थाले । महिनामा दुई ,तिन वटा गिग विभिन्न स्थानमा गर्ने गर्दथे। टोरन्टो एरियामा उनीहरुको मंडलीले लोकप्रियता हासिल गर्न सफल भएको थियो ।

साइकोलोजि समेत अध्ययन गरेका पेशाले मेकानिकल इन्जिनियर ६ फिट ३ इन्च अग्ला तामाङ १७ वर्षको क्यानडा बसाईपछि सन् १९९६ मा नेपाल फर्किए। नेपाल फर्कदा उनि ३३ वर्षका थिए र पोखरामा बुबासंग बस्न थाले । जीवनको ३५ बसन्त उनले परदेशमा बिताएका थिए ।

नेपाल फर्किएपछि नेपालमा रक एन्ड रोल म्युजिक त्यति नफस्टाएको पाए । उनले सहि मौका यही हो भनी संगीतलाई पेशा बनाउने निधो गरे। त्यसपछि रक ब्यान्ड लुजासंग उनको पहिलो भेट पोखराको एम्स्ट्रेडम बारमा भयो । र रबिन एन्ड लुजा व्यान्ड उनले स्थापना गरे सन १९९६ मा। त्यसबेला रक संगीतको मुलधारमा नेपालमा मुक्ति एन्ड रिभाइवल,कबवेब, एक्स ब्यान्ड, नमस्ते ब्यान्ड मात्र थिए । १९७४ एडि भर्खरै जन्मेको थियो । यसैक्रममा उनले काठमाडौको ठमेलमा बेम्बोज भन्ने लाइभ म्युजिक क्लब पनि खोले । उनले यो क्लब १४ वर्षसम्म चलाए। सन २००० मा जब रबिन एन्ड लुजा ब्यान्डले नेपाल नामक डेबु एल्बम रिलिज गर्‍यो तब उनि रातारात नेपालको ठूलो रक स्टारको रूपमा स्थापित भए । यही एल्बमबाट उनको सांगेतिक करियर नेपालमा शुरु भएको उनि मान्छ्न। केही वर्षसम्म यस ब्यान्डबाट विभिन्न स्थानमा प्रस्तुति दिएपछि रबिन एन्ड लुजा अन्ततः २००५ मा भंग भयो।

आफुले संचालन गरेको क्लबमा हप्ताको दुई चोटि उनले आफ्नो ब्यान्डसंग प्रस्तुति दिन्थे । उनको त्यो रेस्टुरेन्टमा नेपालका अन्य रक ब्यान्ड जस्तै- अल्बाट्रस,एलिजियम,मंकि टेम्पल,कबवेब,मुक्ति एन्ड रिभाइवल आदि आफ्नो प्रस्तुति दिन आउदथे। वास्तवमा यहि रेस्टुरेन्टबाट ति व्यान्डहरुले आफ्नो ओरिजिनल गीत लिएर अघि बढ्ने प्लेटफर्म पाएका थिए । किनकि रबिनले रेस्टुरेन्टमा आफ्नो ओरिजिनल गीतहरु मात्र बजाउन पाइने शर्त राखेका थिए ।
सन् २००६ मा रबिन एन्ड द न्यु रिभोलुसन भन्ने ब्याण्ड जन्म भयो । आफ्नो नयाँ ब्यान्डबाट रबिनले चार एल्बमहरू जारी गरे: केटा केटी (२००६), हाम्रो देश (२०१०), १३,००० (२०११) र मुग्लान (२०१९)।

१२ वर्षको कलिलो उमेरमा रबिनकि आमा सरस्वती क्षेत्रीको सन १९७५ मा स्वर्गवास भएको थियो । उनको आमाले सन् १९३८ देखि १९७२ सम्म १० गोरखा राइफलमा मिडवाइफ-नर्सको रूपमा सेवा गरेकी थिइन।भुतपुर्व बेलायती सेना उनका पिता मेजर जीसीओ केशव तामाङ एमबीई एसएलको पनि सन् २०२० मा निधन भएको थियो ।

दश, दश वर्षको अन्तरालमा आफना डाक्टर र पाइलट दाजु र नर्स पेशामा रहेकी दिदिको मृत्यु भएको थियो । । उनको विचारमा उनका दाजु तथा दिदिहरु पनि वास्तवमा संगीतकार बन्न चाहन्थे भन्ने कुरा उनले एक अन्तर्वार्तामा पोखेका थिए । वास्तवमा दाजु दिदिले घरमा गाएको बजाएको देखेर नै उनले १२ वर्षको उमेर देखि संगीतमा लाग्ने प्रेरणा पाएका थिए । त्यही सपनालाई पछ्याएर अन्त्यमा संगीतकार बनेको ठहर उनले गरेका थिए ।

नेपालको रक एन्ड रोल संगीतको इतिहासमा नयाँ क्रान्ति ल्याउन आफु सफल भएको दाबी गर्ने रबिनले आफ्नो संगीतको स्रोता र दर्शकको उमेर १८ देखि २५ रहेको भनेका थिए । र उनको सांगीतिक जीवनले तिन वटा युवा पुस्ता भ्याइसकेको थियो । ज्येष्ठ उमेर समूहले सुन्ने टाइपको संगीत रच्ने उनको धोको थियो जुन पुरा हुन नपाई उनी संसारबाट बिदा भए। नेपालको ब्लुज रकको इतिहासमा उनको व्यान्डको अनुपम स्थान रहेको छ।

करिब १५,१६ वटा चलचित्रमा अभिनय गर्दा समय निकै बर्बाद भएको उनलाई लागे पनि खासै पछुतो भने भएको थिएन उनलाई । एउटा रक स्टारको दर्शकलाई मुभि तिर तानेर व्यापार गर्ने रणनीति अन्तर्गत उनि सिने क्षेत्रमा आएको आफुलाइ ठान्दथे।

गायक,अभिनेता,रेडियो जक्कि,मोडेल , रियालिटि टिभि सोका जज रविन तामाङको पारिवारिक जीवनबारे धेरै सूचनाहरु सार्वजनिक रूपमा त्यति उपलब्ध छैन। तथापि कतिपय अन्तर्वार्तामा उनले आफ्नो श्रीमती र छोरीहरु भएको बताएका थिए ।

दुइ छोरी तारा र जेड साथमा श्रीमती जुलिया। पोर्चुगल,२०२२, जुलाई

क्यानाडाबाट फर्किएको एक वर्षपछि अर्थात सन १९९७ मा रविनले फ्रान्सबाट घुम्न आएकी एक हेलेन जुलिया नाम गरेकी युवतीलाइ ठमेलमा भेटे। संगीत मन पराउने जुलियालाई रविनले मन पराए र भेट भएको ५ महिनाभित्रै उनीहरुको बिबाह भयो ।

फ्रान्समा फाइन आर्ट्स पढेकी जुलियाले सबै कुरा त्यागेर नेपालमा रविनसंग जीवन बिताउने निर्णय गरिन। रविन र हेलेनका दुई जना छोरीहरु छ्न। दुवै जना छोरीहरु तारा र जेड अहिले फ्रान्समा नै अध्ययनरत छ्न।

तपाईको प्रतिक्रिया