न्युयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ,यायोख्खा न्युयोर्क च्याप्टर (UKROA)ले यही अक्टोबर १७ काम दिन किरात राईहरुको महान चाड बलिहाङ् चाडको सुखद उपलक्ष्यमा देउसी भैलो कार्यक्रम अध्यक्ष अरुण राइको अध्यक्षतामा मनाएको छ । कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइट्स क्विन्समा सम्पन्न भएको थियोे । अध्यक्ष अरुण राइले सहभागी सबैलाई उपस्थिति जनाइदिएकोमा धन्यवाद टक्र्याउदै बलिहाङको शुभकामना दिनुभएको थियो । कार्यक्रममा न्युयोर्क च्याप्टरका  वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाका अध्यक्ष  वसन्ती राइले स्वागत मन्तव्य राख्नु भएको थियो। 


कार्यक्रमका प्रमुख अतिथि जनजाती महासंघ नेपालको पुर्व उपाध्यक्ष डन्डु डोप्क्या हुनु हुन्थ्यो । प्रमुख अतिथी डोप्क्याले बलिहाङको शुभकामना दिदै नेपालमा पिछडिएका समुदायको हकहित, अधिकार , भाषा, धर्म,संस्कार,संस्कृती संरक्षणको लागि सरकारले अझै पनि बेवास्ता गरि आवश्यक सहयोग नगरेको बताउनु भयो। हाल सम्म प्राप्त उपलब्धि पनि  संसार भरी छरिएर बसेको आदिवासी जनजातीको आन्दोलनका कारण संभव भएको  उल्लेख गर्नु भयो ।
  विशेष अतिथी  आदिवासी जनजाती महासंघ अमेरिकाका सभापति तोरण गुरुङले बलिहाङको विषयमा बर्णन गर्दै उपस्थित  सबैलाई बधाई तथा शुभकामना दिनुभयो ।  


“हामी नेपाली ग्लोबल” का वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्क मेयर एरिक एडमका सल्लाहकार तथा दिल कुमारी फाउन्डेसनका संस्थापक नवराज केसीले न्युयोर्क जस्तो ब्यस्त ठाउँमा आफ्नो ब्यस्तताको बाबजुद पनि सबैले समय दिएर रमाइलो गरि बलिहाङ दिपावली मनाएकोमा सबैलाई बधाई तथा शुभकामना दिनुभयो।
 यसैगरि आदिवासी जनजाती महासंघ अमेरिकाका  वरिष्ठ उपाध्यक्ष पेमा लामा र क्षेत्रीय उपाध्यक्ष पुर्ण मगर, जनजाती महासंघ अमेरिका महिला शाखाकि उपाध्यक्ष , राई एसोसिएसन अमेरिका न्युयोर्क च्याप्टरकि  निवर्तमान अध्यक्ष तथा युनाइटेड किरात  राई अर्गनाइजेसन अमेरिकाकि केन्द्रिय महासचिव ममता खालिङ राइले  उपस्थित सबैलाई बलिहाङको शुभकामना दिदै कविता सुनाउनु भएको थियो । 
नेपालको राष्ट्रिय कलाकार तथा गोविन्द डान्स सेन्टरका संस्थापक गोविन्द राई , युनाइटेड किरात राई अर्गनाइजेसन पुर्व केन्द्रिय अध्यक्ष प्रभाकर राई , मार्शल आर्ट एसोसिएसनका पर्खी खलिङ राई, जनजाती महासंघ अमेरिकाका कोषाध्यक्ष कृष्ण महर्जन , किरात याक्थुङ चुम्लुङ अमेरिकाका केन्द्रिय अध्यक्ष पुरण लिम्बु , हेभेनली पाथ अमेरिकाका पुर्व केन्द्रिय अध्यक्ष सुकु राम्दाली राईको बिशेष उपस्थिति रहेको थियो । यसै अवसरमा नयाँ चार सदस्यहरुलाई स्वागत पनि गरिएको थियो । युनाइटेड किरात राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरकि महासचिव सिर्जना राईद्वारा संचालित उक्त कार्यक्रममा कलाकार अनिसा राई र नबिना लिम्बुले नृत्य प्रस्तुत गरि मनोरञ्जन गराएका थिए ।
 
					 





